काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना शेयरधनीलाई नगद लाभांश बैंक खातामा पठाएको छ । कम्पनीले मंसिर १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई नगद लाभांश जम्मा गरिदिएको जनाएको छ ।
कम्पनीले गत वर्षको नाफाबाट २६ दशमलव ८४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेको छ ।
साथै कम्पनीको विभिन्न साधारण सभाबाट पारित भएको लिन बाँकी बोनश शेयर र नगद लाभांश समेत यस कम्पनीको शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा सम्पर्क गरी लिन आग्रह गरेको छ ।