काठमाडौं । शेयर बजार बुधबार पनि सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा १३९ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ९५ वटा कम्पनीको ओरालो लागेको छ। यो दिन ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
नेप्से उपसमूहमा रहेका ६ वटा समूहमा बढोत्तरी देखिएको छ भने ७ वटामा गिरावट आएको छ। यो दिन वित्त समूह सर्वाधिक ४.७७ प्रतिशतले बढ्दा व्यापार समूहमा सर्वाधिक १.५६ प्रतिशतको गिरावट आएको छ।
आज बजारमा ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार न्यादी हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- न्यादी हाइड्रोपावरः २२ करोड ५३ लाख रुपैयाँ
- सिन्धु विकास बैंकः १९ करोड ७७ लाख रुपैयाँ
- सुपर माई हाइड्रोपावरः १८ करोड रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ४२ लाख रुपैयाँ
- नेपाल फाइनान्सः १४ करोड ७४ लाख रुपैयाँ
- जानकी फाइनान्सः १४ करोड ४३ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः १२ करोड ७८ लाख रुपैयाँ
- प्रभु महालक्ष्मी लाइफः ११ करोड ७९ लाख रुपैयाँ
- पिपुल्स हाइड्रोपावरः ११ करोड ७२ लाख रुपैयाँ
- समृद्धि फाइनान्सः १० करोड ७३ लाख रुपैयाँ