IME Life New

शेयर बजारको बढोत्तरीमा निरन्तरता, कारोबार भने घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ को विन्दुमा बन्द भएको छ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटा समूह बढेका छन् भने ४ वटा घटेका छन्। एउटा समूह स्थिर रहेको छ। यो दिन वित्त समूह सर्वाधिक २.६५ प्रतिशतले बढेको छ भने बैंकिङ समूह सर्वाधिक ०.०४ प्रतिशतले घटेको छ। आज लगानी समूह स्थिर रहेको छ।

Esewa
Crest

बजारमा आज १२६ कम्पनीको शेयरभाउ बढ्दा १०७ कम्पनीको घटेको छ। १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा ५ अर्ब ३८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। हिजो ६ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो। हिजोको तुलनामा आज कारोबार घटेको छ। सर्वाधिक कारोबार सिन्धु विकास बैंकको १६ करोड ९२ लाख रुपैयाँको भएको छ।

यो दिन बजारमा ४ कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ। सप्तकोशी डेभलपमेन्ट बैंक र न्यादी हाइड्रोपावरको शेयरभाउमा १० प्रतिशत तथा प्रभु महालक्ष्मी लाइफको शेयरभाउमा ९.९९ प्रतिशत र सिन्धु विकास बैंकको शेयरभाउमा ९.७७ प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको हो।

आज आत्मनिर्भर लघुवित्त र दोल्ती पावरका शेयरधनीहरुले सर्वाधिक गुमाए। यी दुवै कम्पनीको शेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS