IME Life New

सरकारले १८ निर्माण/आपूर्ति कम्पनीलाई सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जबाफ नआए कालोसूचीमा राखिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले समयमै काम पूरा नगर्ने १८ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई स्पष्टीकरण सोधेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले काम पूरा नगरी ढिलासुस्ती गर्ने १८ कम्पनीलाई ७ दिनभित्र लिखित स्पष्टीकरण माग गरेको हो।
विभिन्न सार्वजनिक निकायले ती कम्पनीलाई कालोसूचीमा राख्न कार्यालयसमक्ष सिफारिस गरेका छन्। कार्यालयले भने ती कम्पनीलाई कालोसूचीमा राख्नु नपर्ने आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

Esewa
Crest

यसअघि पनि कार्यालयले ती कम्पनीलाई ३० दिनभित्र लिखित स्पष्टीकरण मागेको थियो। तर, स्पष्टीकरण पेस नगरेकोले पुनः ७ दिनको समय दिइएको हो।

तोकिएको म्यादभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए कालोसूचीमा राखिने कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS