IME Life New

रिलायबल नेपाल लाइफ मन्थली शाखाद्वारा ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मन्थली शाखा कार्यालयले रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । कम्पनीले नर्सरीदेखि कक्षा ८ सम्म अध्ययन गर्ने करिब ७० जना विद्यार्थीलाई ट्र्याक सुट वितरण गरेको हो ।

कम्पनीले आफ्नो सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई यो जाडोमा लगाउने ट्र्याक सुट वितरण गरेको हो । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की, को प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई,नगर प्रवत्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्की,रिलायबल लाइफ इन्स्योरेन्स बाग्मती प्रदेशका प्रमुख राज कुमार गिरीको विशेष आतिथ्यतामा विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको हो ।

Esewa
Crest

कार्यक्रमका प्रमुख अतिथी रामेछाप नगरपालिकाकी उप प्रमुख बाला कुमारी कार्की, रामेछाप नगर पालिकाका प्रसाशकिय अधिकृत भोला प्रसाद चापागाईं, सोही वडाका अध्यक्ष समीर कार्की विद्यालयका प्रधानाध्यापक राम बहादुर घिसिङ्गले लोपोन्मुख जाती हायु जातीको बाहुल्यता रहेको समुदायमा आएर रिलायबल नेपाल लाइफ मन्थली रामेछाप शाखाले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको भन्दै धन्यवाद व्यक्त गरे । साथै, आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन कम्पनीलाई आग्रह गरे ।

त्यस्तै, बनेपा बाग्मती प्रदेश प्रमुख राज कुमार गिरीले रिलायबल नेपाल लाइफको सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण गरिएको बताउँदै बीमाको दायरा निम्न समुदाय सम्म पुर्याउने लक्ष्य कम्पनीले लिएको जनाए । साथै ससानो रकम जम्मा गर्दा बचत हुने र भविष्यमा हुन सक्ने सम्भावित घट्ना को समेत आर्थिक सुरक्षा हुने भएकाले बीमा सबैको लागि अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS