IME Life New

प्रतिकित्ता २१८, १०० र ५० रुपैयाँमा आइपीओ ल्याउँदै यी ३ कम्पनी, सेबोनसँग मागे अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई हाइड्रोपावरसहित तीन कम्पनीले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग आइपीओ अनुमति माग्दै तीनै कम्पनीले निवेदन दिएका छन्। आइपीओ अनुमति माग्नेमा नुम्बुर हाइड्रोपावर, युनाइटेड मेवाखोला हाइड्रोपावर र एभरेस्ट कलर रहेका छन्।

धितोपत्र बोर्डसँग नुम्बुर हाइड्रोपावरले अंकित मूल्यमा प्रिमियम मूल्य थप गरेर आइपीओ अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१८ रुपैयाँमा आइपीओ ल्याउनेछ। कम्पनीले ३० लाख ६ हजार २०२ कित्ता साधारण शेयर बेचेर ६५ करोड ५३ लाख ५२ हजार ३६ रुपैयाँ पुँजी जुटाउनेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एलएस क्यापिटल रहेको छ।

Esewa
Crest

यसैगरी युनाइटेड मेवाखोला हाइड्रोपावरले अंकित मूल्य १०० रुपैयाँमा १ करोड २३ लाख कित्ता आइपीओ ल्याउन अनुमति मागेको छ। आइपीओ बिक्री गरेर कम्पनीले १ अर्ब २३ करोड रुपैयाँ रकम संकलन गर्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

उता एभरेस्ट कलरले भने ५० रुपैयाँ अंकित मूल्यमा ७ लाख ८० हजार कित्ता आइपीओ ल्याउन अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले ३ करोड ९० लाख रुपैयाँबराबरको साधारण शेयर जारी गर्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

36%
happy

खुसी

5%
sad

दु :खी

5%
amazed

अचम्मित

41%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS