IME Life New

सशस्त्र प्रहरीमा ठूलो संख्यामा भर्ना खुल्यो, परिचरदेखि निरीक्षकसम्म दरखास्त आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)मा ठूलो संख्यामा भर्ना खुलेको छ।

एपीएफले आह्वान एक सूचना जारी गर्दै सशस्त्र प्रहरी परिचरदेखि प्रहरी निरीक्षकसम्म १ हजार १७९ जना नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको हो। खुला प्रतियोगिताबाट पदपूर्ति गर्न एपीएफले प्रहरी निरीक्षकमा ६८, प्रहरी सहायक निरीक्षकमा ८३ र प्रहरी जवानमा ९४१ जना भर्ना गर्न लागेको छ।

Esewa
Crest

यसैगरी सशस्त्र प्रहरी परिचरतर्फ भान्छे २०, कुचिकार १९, सूचिकार १०, केशकर्तक २४ र चर्मकर्मी १४ जना भर्ना गर्न दरखास्त आह्वान गरेको छ।

इच्छुक उम्मेदवारले पुस २४ गतेदेखि माघ २४ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। अनलाइनमार्फत तोकिएको समयभित्र आवेदन दिएका उम्मेदवारले माघ २८ गते कार्यालय समयभित्र आफूले दरखास्त दिँदा रोजेको कार्यालयमा स्वयं उपस्थित भई सक्कलै दरखास्त फाराम बुझाउनुपर्नेछ।

प्रहरी निरीक्षकका लागि कम्तीमा स्नातक गरी २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ भने प्रहरी सहायक निरीक्षकका लागि प्रमाणपत्र तह वा प्लस टु उत्तीर्ण गरी १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ। प्रहरी जवानका लागि भने ८ कक्षा उत्तीर्ण भए पुग्नेछ। प्रहरी परिचरका लागि भने सामान्य लेखपढ गरेको हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS