काठमाडौं । यदि तपाइँ नयाँ वर्ष अर्थात् २०२५ मा आफ्नो लगानी सुरु गर्ने योजनामा हुनुहुन्छ भने तपाइँले लगानी यात्रा सुरु गर्नुअघि सधैँ दुई कुरा दिमागमा राख्नुहोस्, समय र लगानीबाट प्राप्त हुने प्रतिफल। तपाइँले जति लामो समय लगानी गर्नुहुन्छ, त्यति उच्च प्रतिफल प्राप्त गर्नुहुनेछ।
तपाइँले सुनिश्चित गर्नुपर्दछ कि न्यूनतम जोखिमका साथ आफ्ना लक्ष्य पूरा गर्नुहुनेछ। लगानीमार्फत भविष्यमा प्राप्त गर्न चाहने रकमलाई ध्यानमा राखेर योजना बनाउनुपर्छ।
लगानीको गणितीय केही उत्कृष्ट सूत्र
५०–२०–३० नियम
यो नियम यसको संख्या जस्तै स्पष्ट छ। तपाइँले आफ्नो रकमलाई ३ भागमा विभाजन गर्नुपर्नेछ। करपछि तलबको ५० प्रतिशत घरायसी खर्चका लागि राख्नुपर्नेछ । २० प्रतिशत अल्पकालीन आवश्यकताका लागि राख्नुपर्नेछ र ३० प्रतिशत भविष्यको आवश्यकताका लागि लगानी गर्नुपर्नेछ।
१५–१५–१५ नियम
यो नियम दीर्घकालीन लगानीमा विश्वास गर्नेका लागि हो। यसमा १५ प्रतिशत वार्षिक प्रतिफल दिने एसेटमा १५ वर्षसम्म प्रत्येक महिना १५ हजार रुपैयाँ लगानी गर्नुपर्छ । यसका लागि शेयर वा म्युचुअल फन्डमा लगानी उपयुक्त हुन्छ । किनकि शेयर बजारमा उतारचढाव आए पनि दीर्घकालीन रुपमा १५ प्रतिशत प्रतिफल प्राप्त गर्न सकिन्छ।
७२ को नियम
यो नियमले पैसा दोब्बर गर्न लाग्ने समय बताउँछ। सम्भावित रिटर्न वा ब्याजदरले ७२ लाई भाग गर्नुहोस् र हेर्नुहोस्। यदि तपाइँले एसआईपीमा लगानीमा १५ प्रतिशत प्रतिफल पाउनुभयो भने यसलाई दोब्बर गर्न लाग्ने समय प्राप्त गर्न तपाइँले ७२ लाई १५ ले भाग गर्न सक्नुहुन्छ। जुन ४.८ वर्षबराबर हुनेछ।
११४ को नियम
यो नियमले रकम तिब्बर गर्न लाग्ने समयको गणना गर्दछ। तपाइँले अपेक्षित ब्याजदरले ११४ भाग गरेर यो समय पाउन सक्नुहुन्छ। उदाहरणका लागि यदि तपाइँको लगानीले तपाइँलाई १५ प्रतिशतको वार्षिक प्रतिफल दिन्छ भने ११४ लाई १५ द्वारा विभाजित गर्नुहोस्। जुन ७.६ वर्ष बराबर छ।
१०० माइनस उमेर नियम
यो नियम सम्पत्ति बाँडफाँड गर्नेबारे हो। आफ्नो उमेर १०० बाट घटाउनुहोस्। तपाइँले प्राप्त गर्नुभएको संख्या तपाइँले शेयर बजारमा लगानी गर्नुपर्ने प्रतिशत हुनेछ। यो नियम यस तथ्यमा आधारित छ कि तपाइँ जति कान्छो हुनुहुन्छ भने तपाइँको जोखिम लिने क्षमता उति बढी हुन्छ। तपाइँले यस अवधिमा भएको नोक्सानका लागि पनि क्षतिपूर्ति गर्न सक्नुहुन्छ।
(नोटः लगानी गर्नुअघि सम्बन्धित क्षेत्रका अध्ययन र बुझेरमात्रै गर्नुपर्छ।)

















