IME Life New

नेप्सेमा ५ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। आज नेप्सेमा लक्ष्मी सनराइज बैंक, शिवम् सिमेन्ट्स, साग्रिला डेभलपमेन्ट बैंक, डिप्रोक्स लघुवित्त र साना किसान विकास लघुवित्तको शेयरमूल्य समायोजन भएको हो । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत, शिवम् सिमेन्ट्सको ८.५५ प्रतिशत, सांग्रिंला डेभलपमेन्ट बैंकको ३.६५१६ प्रतिशत, डिप्रोक्स लघुवित्तको ९.५० प्रतिशत र साना किसानको १३.३० प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात लक्ष्मी सनराइजको शेयरमूल्य २२४ रुपैयाँ ७६ पैसा, शिवम सिमेन्ट्सको ५१२ रुपैयाँ २१ पैसा, सांग्रिलाको ३७२ रुपैयाँ ४० पैसा, डिप्रोक्सको ७८५ रुपैयाँ ३९ पैसा र साना किसानको ८१४ रुपैयाँ ६५ पैसा कायम भएको छ।

Esewa
Crest

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्ला कारोबार दिन दोस्रो बजारमा लक्ष्मी सनराइजको शेयर प्रतिकित्ता २३६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने शिवमको ५५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। त्यस्तै, सो दिन सांग्रिलाको ३८६ रुपैयाँ, डिप्रोक्स ९म्म्द्यी० को ८६० रुपैयाँ र साना किसानको ८२३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS