IME Life New

आजसम्म कायम शेयरधनीले गरिमा विकास बैंक, नेपाल टेलिकम र बुटवल पावरको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। गरिमा विकास बैंकसहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १७ गते अन्तिम दिन रहेको छ।

गरिमा विकास बैंक, नेपाल टेलिकम र बुटवल पावरले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज पुस १७ गतेसम्म कायम शेयरधनीहरुले यी ३ वटा कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

Esewa
Crest

गरिमा विकास बैंकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव छ। प्रस्तावित लाभांश अनुमोदन गर्न बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा यही पुस २९ गते पोखराको पोखरा ग्रान्डी होटलमा बिहान साढे १० बजे डाकेको छ।

यसैगरी नेपाल टेलिकमले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको ३० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। यो लाभांश पारित गर्न कम्पनीले आफ्नो १७ औँ वार्षिक साधारणसभा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा यही पुस २८ गते बिहान १० बजे आयोजना गर्नेछ।

उता बुटवल पावर कम्पनीले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षका लागि चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आफ्नो ३२ औँ वार्षिक साधारणसभा यही पुस २६ गते काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे बोलाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS