IME Life New

पर्यटक आगमनमा सुधार, वर्ष २०२४ मा साढे ११ लाख भित्रिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२४ मा पर्यटक आगमनमा सुधार देखिएको छ। यो वर्ष आज अन्तिम दिन बिहानसम्मको तथ्यांक हेर्दा करिब डेढ लाख पर्यटक भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार आज बिहानसम्म ११ लाख ४७ हजार २४ जना पर्यटक नेपाल भित्रिएका छन्। ‘दैनिक सरदर ३ हजार पर्यटक भ्रमणमा आएका छन्’, बोर्डका निर्देशक मरिणराज लामिछानेले भने, ‘अघिल्लो वर्ष सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको छ।’

Esewa
Crest

सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए। कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो। सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो।

राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ)को पछिल्लो ६ महिनाको तथ्यांकअनुसार कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो। -रासस

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS