IME Life New

फर्स्ट माइक्रोफाइनान्सको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको १ लाख ४० हजार कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई संस्थाका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीले न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गरी शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।

शेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकिएको म्यादभित्र शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS