IME Life New

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार बिहीबार रोक्का गरेको छ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम उक्त विकास बैंकलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको थियो। साथै, अर्को व्यवस्था नभएसम्मका लागि ऐनको दफा ८६ग बमोजिम सो बैंकको व्यवस्थापन केन्द्रीय बैंकले नियन्त्रणमा लिएको छ।

Esewa
Crest

राष्ट्र बैंककै सिफारिसमा नेप्सेले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको हो। अब उक्त बैंकमा देखिएको समस्या समाधान नहुन्जेलसम्म शेयर कारोबार रोक्का गरिने नेप्से स्रोत बताउँछ।

कर्णाली डेभलपमेन्ट बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी राष्ट्र बैंकको नियन्त्रणमा लिइएको हो।

उक्त बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा उक्त संस्थालाई ‘नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४’ को विनियम ३ बमोजिम गत मंसिर ११ देखि लागू हुने गरी शीघ्र सुधारात्मक कारबाही गरिएको थियो।

मंगलबारको अन्तिम कारोबार मूल्यअनुसार कर्णाली डेभलपमेन्ट बैंकको प्रतिकित्ता शेयर ८१० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS