काठमाडौं । भुगर्भ सिमेन्ट लिमिटेडले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौं नक्सालस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले यसअघि गत जेठ २५ गते सम्पन्न विशेष साधारण सभामार्फत आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । पुनः आईपीओको प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा गर्न लागेको हो ।
सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पारित गर्ने छ ।