IME Life New

नेप्सेमा ४ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्सेमा ४ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। सो दिन नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्मल हाइड्रोपावर र माउन्टेन इनर्जीको शेयरमूल्य समायोजन भएको हो। यी कम्पनीहरुले ब क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुले भोली अर्थात पुस ११ गते बुकक्लोज गर्दैछन्।

Esewa
Crest

नेप्सेले मिथिला लघुवित्तको १४.२५ प्रतिशत, आरएसडिसी लघुवित्तको ९.५० प्रतिशत, कुथेली बुखरीको १० प्रतिशत र माउन्टेन इनर्जीको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात मिथिला लघुवित्तको शेयरमूल्य १ हजार ५०७ रुपैयाँ २२ पैसा कायम भएको छ भने आरएसडिसीको ६७३ रुपैयाँ ६ पैसा कायम भएको छ। त्यस्तै, कुथेली बुखरीको शेयरमूल्य २ हजार ४६२ रुपैयाँ ७३ पैसा कायम भएको छ भने माउन्टेन इनर्जीको ६३३ रुपैयाँ २२ पैसा कायम भएको छ।

नेप्सेले मंगलबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। हिजो दोस्रो बजारमा मिथिला लघुवित्तको शेयर १ हजार ७२२ रुपैयाँ, आरएसडिसीको ७३७ रुपैयाँ, कुथेली बुखरीको २ हजार ७०९ रुपैयाँ र माउन्टेन इनर्जीको ७२८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो। भोलि यही समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS