IME Life New

एनसीएचएलको १६औं वार्षिकोत्सव सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । सो वार्षिकोत्सव गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतित्थमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष, एनसीएचलका पूर्व अध्यक्षहरु तथा निवर्तमान सञ्चालकहरु, वर्तमान अध्यक्षहरु र सञ्चालकहरुको उपस्थितिमा एक औपचारिक कार्यक्रम आयोजना गरी मनाएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ प्रतिनिधिहरु, अर्थ मन्त्रालय, नेपाल सरकारका विभिन्न निकाय तथा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका पदाधिकरीहरु, बैंक तथा वित्तीय संस्थाहरु, पीएसपी, पीएसओका प्रमुखहरु लगायत अन्य पदाधिकरीहरुको पनि विशेष उपस्थिती रहेको थियो ।

Esewa
Crest

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुको नेतृत्वमा पुस ८ गते २०६५ मा एनसीएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरु स्थापना गर्न सञ्चालनमा आएको थियो । एनसीएचएलले प्रारम्भिक दिनमा म्यानुअल चेक क्लियरिङ डिजिटाइज गर्न NCHL–ECC को शुरुवात गरेर पछि नेपाल राष्ट्र बैंकको रणनीति अनुसार आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याएको हो ।

विगत १६ वर्षको यात्रामा, एनसीएचएलले NCHL-ECC, NCHL-IPS, Retail Payment Switch, connectIPS, CORPORATEPAY,
connectRTGS, National Payments Interface (NPI), NEPALPAY QR / EFT Card Services कार्यान्वयन र सञ्चालन गर्दै आइरहेको छ । हाल नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत नेशनल कार्ड स्विच र ल्भ्एब्ीएब्थ् डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ ।

वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले यस वर्ष कम्पनीमा आफ्नो १० वर्ष पूरा गरेका तीन कर्मचारीहरूलाई कम्पनी प्रतिको समर्पणको लागि दीर्घ सेवा पदकबाट सम्मानित गरेको छ । सम्मानित हुनेमध्ये प्रमुख सञ्चालन अधिकृत – मुन्नी राजभण्डारी, प्रोडक्ट लीड – विष्णु प्रसाद धिताल तथा इनचार्ज कार्ड अपरेसन्स –वन्दना लुइँटेल रहेका छन् ।

एनसीएचएलले वार्षिकोत्सवको अवसरमा १२ वटा विधामा सबैभन्दा बढि कारोबार गर्ने बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र सरकारी निकायलाई सम्मानित गरेको छ । वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीबाट एनआईसी एशिया बैंक, गरिमा विकास बैंक र आइसीएफसी फाइनान्सलाई “एक्सिलेन्स इन नेपालपे क्यूआर ट्रान्जेक्शन” अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी, ग्लोबल आईएमई बैंकलाई “एक्सिलेन्स इन इएफटी कार्ड सर्भिसेस्” तथा “एक्सिलेन्स इन मोबाइल बैंकिङ्ग तथा अल्टरनेट च्यानल” अवार्डबाट सम्मानित गरिएको थियो ।

नबिल बैंक “एक्सिलेन्स इन डिजिटाइजिंग बिज्नेसेस् विथ कर्पोरेटपे” अवार्ड प्राप्त गर्न सफल भएको छ । नेपाल सरकारको खर्च र राजस्वको कारोबार डिजिटाइज गर्न विशेष भूमिका निर्वाह गर्ने बैंक वित्तीय संस्थाको रुपमा राष्ट्रिय वाणिज्य बैंकलाई विशेष अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी नेपाल सरकारको विद्युतीय माध्यमबाट कारोबार गर्ने नीति अनुरुप गत आर्थिक वर्षमा एनसीएचएल प्रणाली मार्फत सरकारी कारोबारलाई डिजिटाइजेसन गर्न खेलेको विशेष भुमिकालाई सम्मान गर्दै राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई पनि विशेष अवार्ड प्रदान गरिएको थियो ।

सरकारी कारोबार बाहेक सबै भन्दा बढि कारोबार गरी सम्मानित हुने वाणिज्य बैक, विकास बैंक, फाइनान्स कम्पनी र भुक्तानी सेवा सञ्चालक÷ भुक्तानी सेवा प्रदायकमा क्रमशः ग्लोबल आईएमई बैंक, ज्योति विकास बैंक, गुडविल फाइनान्स र खल्ती प्राइभेट लिमिटेड रहेका थिए ।

कार्यक्रममा एनसीएचएलका पूर्व अध्यक्षसुमन जोशीाई वि.सं. २०६६ माघ १० गतेदेखि मंसिर ८, २०६८ सम्म एनसीएचएलको सञ्चालक समितिको अध्यक्षको रुपमा रही संस्था सञ्चालनको लागि पु¥याएको अमूल्य योगदान तथा मार्गनिर्देशनलाई उच्च मूल्याकंन गर्दै गभर्नरबाट विशेष सम्मान पत्र प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS