IME Life New

सीआईटीको वार्षिक साधारणसभा आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ शेयरधनी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले आफ्नो ३० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कोष सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको नयाँबानेश्वरस्थित सीआईटी बिल्डिङमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१ का प्रस्तावित चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) छन्।

सभाले कम्पनीको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको आर्थिक प्रतिवेदन पनि स्वीकृत गर्नेछ। सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनी तथा सञ्चालकका तर्फबाट एक–एकजना प्रतिनिधि नियुक्त गरिनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS