IME Life New

अवैध काममा लगाउने घटना बढेपछि थाइल्यान्ड र म्यानमारमा जान ट्राभल एड्भाइजरी जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जबरजस्ती अवैध काममा लगाउने घटना बढेपछि परराष्ट्र मन्त्रालयले थाइल्यान्ड, म्यानमारलगातयका मुलुक जाने नेपालीका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै म्यान्मार, थाइल्यान्ड, कम्बोडिया, लाओसलगायतका मुलुकमा जान चाहने वा जाने तयारीमा रहेका नेपालीलाई ट्राभल एड्भाइजरी जारी गरेको हो। ‘थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) का क्षेत्रमा आकर्षक तलब र सुविधा दिने भनी विभिन्न प्रलोभन देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा यूएईलगायतका मुलुकमा रहेका नेपालीलाई थाइल्यान्डको बैंकक र याङ्गुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्मारको कायिन प्रान्तको म्यावडीमा लगी जबरजस्ती अवैध कार्यहरुमा लगाइएको विषयमा यस मन्त्रालयबाट २०७९ पुस महिनामा यात्रासम्बन्धी सूचना जारी गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘तत्पश्चात् प्रलोभनमा परी उक्त क्षेत्रमा आउने नेपालीको संख्यामा कमी आएको थियो ।’

Esewa
Crest

हालका दिनहरुमा मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहहरुले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यानमारमा लगी जबरजस्ती अवैध कार्यहरुमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२–१३ घन्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायतका समस्या देखिएको विज्ञप्तिमा उल्लेख छ। ‘त्यस्ता घटना जानकारी गराउँदै उद्धारका लागि नेपाली राजदूतावास याङ्गुन र बैंककमा आवेदन गर्ने नेपालीको संख्यामा उल्लेखनीय रुपमा बढोत्तरी भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्याई अलपत्र पार्ने एवं नेपाल सरकारको प्रचलित कानुनबमोजिम निषेध गरिएका कार्यमा संलग्न हुने वा यसखाले क्रियाकलाप गर्ने/गराउने कार्य कानुनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरु नगर्न नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।’

यस्तो छ मन्त्रालय जारी गरेको ट्राभल एड्भाइजरी

  • अनलाइन जुवा, कल सेन्टर फ्रड, क्रिप्टो करेन्सी ठगी आदिमा संलग्न शंकास्पद आईटी फर्महरुले बैंककमा रोजगारीका अवसरहरुको प्रलोभन देखाई युवाहरुलाई ठगी गरिरहेको र पीडितहरुलाई गैरकानुनी रुपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यानमार ल्याई बन्दी बनाएर काम गर्न लगाइएको पाइएको एवं थाइल्यान्ड र म्यानमारमा रोजगारीका विज्ञापनहरु प्रायः सामाजिक सञ्जाल प्लेटफर्महरु मार्फत विभिन्न स्थानका एजेन्टहरुद्वारा प्रस्तावित हुने भएकोले त्यस्ता सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य श्रोतहरुमा प्रचार गरिएका नक्कली जागिरको प्रलोभनमा नपर्न हुन ।
  • वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न हुन र रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म÷कम्पनी÷रोजगारदाताहरुका बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रुपमा ती फर्म/कम्पनी/रोजगारदाताहरुको वेबसाइट चेकजाँच गर्नुहुन।
  • उल्लिखित विषयहरुलगायतका सम्बन्धमा कुनै जानकारी लिनुपरेमा नेपाली राजदूतावास, याङ्गुनका द्वितीय सचिव गंगा सुन्दास (ई–मेल [email protected]/sundasganga@#@gmail.com, टेलिफोन नम्बर +९५–०१–९५४५८८०÷०१– ९५५७१६८, हटलाइन/भाइबर, ह्वाट्सएप नम्बर +९५–९२५१२४२०५१/ फेसबुक पेज (Embassy of Nepal Yangon Myanmar) तथा नेपाली राजदूतावास, बैंककका प्रथम सचिव खगराज पाण्डे (ई–मेल [email protected]/ [email protected], टेलिफोन नम्बर +६६८६९९१५५५४ (ह्वाट्सएप) लाई सम्पर्क गर्न हुन र अन्य सान्दर्भिक जानकारी दूतावासको वेबसाइट mm.nepalembassy.gov.np र th.nepalembassy.gov.np मा हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS