काठमाडौं । विश्वका देशहरुको ऋण बढ्दै गएको छ। पछिल्लो तथ्यांकअनुसार विश्वव्यापी ऋण १०२ ट्रिलियन डलर पुगेको छ।
विश्वका धेरै ठूला देशले ऋण लिएर अर्थतन्त्र चलाइरहेका छन्। आईएमएफ र अमेरिकी ट्रेजरीको तथ्यांकअनुसार अमेरिकामा विश्वमा सबैभन्दा बढी ऋण छ। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको यो देशको संघीय सरकारको ऋण ३६ ट्रिलियन डलर पुगेको छ। जुन कुल गार्हस्थ उत्पादन (जीडीपी)को करिब १२५ प्रतिशत हो।
विश्वको कुल ऋणमा अमेरिका एक्लैको हिस्सा ३४.६ प्रतिशत रहेको छ। समस्या यो छ कि अमेरिकाको ऋण यस्तो समयमा बढिरहेको छ जब यसको अर्थव्यवस्था राम्रो प्रदर्शन गरिरहेको छ। यो ऋणको ब्याज तिर्न अमेरिकाले धेरै पैसा तिर्नुपरेको छ।
यो सूचीमा चीन दोस्रो नम्बरमा छ। विश्व ऋणको १६.१ प्रतिशत चीनको छ। गत वर्ष चीनको ऋण १४.६९ ट्रिलियन डलर थियो। चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो तर केही समययता यसले धेरै मोर्चामा संघर्ष गरिरहेको छ।
तेस्रो नम्बरमा जापान रहेको छ। जापानमा विश्वको कुल ऋणको १० प्रतिशत छ। गत वर्ष देशको ऋण १०.७९ ट्रिलियन डलर थियो।
बेलायत चौथो नम्बरमा छ। गत वर्ष बेलायतको ऋण ३.४६ ट्रिलियन डलर थियो। जुन विश्वव्यापी ऋणको ३.६ प्रतिशत हो।
यो सूचीमा फ्रान्स पाँचौं र इटाली छैटौं स्थानमा छ। फ्रान्समा ३.३५ ट्रिलियन डलर र इटालीको ३.१४ ट्रिलियन डलर ऋण छ।
यो सूचीमा भारत सातौँ नम्बरमा छ। विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारतको गत वर्ष कुल ऋण ३.०५७ ट्रिलियन डलर छ। जुन विश्वव्यापी ऋणको ३.२ प्रतिशत हो।
यो जर्मनी, क्यानडा, ब्राजिल र रुसजस्ता देशभन्दा बढी हो। इराक, चिली, चेक गणतन्त्र, भियतनाम, हंगेरी, यूएई, बंगलादेश, युक्रेन, ताइवान, रोमानिया, नर्वे, स्विडेन, कोलम्बिया, आयरल्याण्ड र फिनल्यान्डको विश्वमा सबैभन्दा कम ऋण छ।