काठमाडौं । नेप्सेमा नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
कम्पनीको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ६८७ रुपैयाँ ४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबारको अन्तिम मूल्य प्रतिकित्ता ७४२ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।
यही समायोजित मूल्यकै आधारमा यस दिन कम्पनीको शेयर कारोबार खुल्नेछ।