IME Life
GBIME

साढे १३ अंकले घटेको बजारमा ४ अर्ब ५१ करोडको कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १३ दशलमव ५३ अंकले घटेर २,५८३ को विन्दुमा कायम भएको छ । आज ८४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३१९ कम्पनीको ९१ लाख ८० हजार ७१८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिभर फल्स पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १२ करोड ९९लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स पावरको ९ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, न्यादी हाइड्रोपावर र बराही हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सुपर मादी हाइड्रोका लगानीकर्ताले ९ दशमmलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका हुन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS