IME Life New

रवि लामिछानेसहित ५ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता, डेढ अर्ब बिगो मागदाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा आइतबार संगठित रुपमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ।

सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दर्ता गरेको हो। मुद्दामा संगठित रुपमा सहकारी ठगी गरी त्यसबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको छ। उनीहरुमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको र त्यसको केही हिस्सा गोर्खा मिडियामा लगानी गरेको आरोपमा मुद्दा दायर भएको छ।

Esewa
Crest

जिल्ला सहकारी वकिलको कार्यालयका अनुसार आरोपितहरुमाथि करिब १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी भएको छ।

गत शुक्रबार यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता भएको थियो।

सूर्यदर्शन सहकारीको ठगीको आरोपमा प्रहरीले गत वर्ष असोज १८ गते जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो। यो मुद्दामा उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत थुनामा छन्। उनीहरुमाथि करिब १ अर्ब ११ करोड रुपैयाँ विगो मागदाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS