IME Life New

एनपिएलको फाइनल खेलमा एकै परिवारका दुई भाई प्रतिस्पर्धि टोलीबाट भिड्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको क्रिकेट इतिहासमै पहिलो पटक आयोजना भइरहेको नेपाल प्रिमियर लिग एनपिएल को फाइनल प्रतिस्पर्धामा वीरगञ्जको एकै परिवारका दुई
भाई दुई फरक टोलीबाट भिड्दैछन् ।

मध्याह्न १२ः३० बजे हुने खेलमा दाजु आरिफ शेष सुदूरपश्चमि रोयल्सबाट र भाई आसिफ शेष जनकपुर बोल्टसको कप्तानी सम्हाल्दै मैदानमा उत्रिंदैछन् । क्रिकेटका लागि निक्कै उत्साहित दर्शकहरूले बिहीबारै सबै टिकट खरिद गरि सकेकाले आयोजक नेपाल क्रिकेट संघले घरमै बसेर टिभीको पर्दा वा अनलाइनबाटै प्रतियोगिताको मज्जा लिन अनुरोध समेत गरेको छ।

Esewa
Crest

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार मध्याह्न सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस एनपिएलको उपाधिका लागि प्रतिस्पर्धा गर्दै इतिहास रच्नेछन्।

प्रतियोगितामा सुदूरपश्चिम सात खेलमध्ये ६ र जनकपुरले सात मध्ये ५ खेल जितेर फाइनलमा पुगेको हो। लिग चरणको खेलमा सुदूरपश्चिम रोयल्सको अविजित यात्रामा चितवन राइनोजले रोक लगाएको थियो। चौथो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित हुन पुगेको थियो।

लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुर बोल्टसलाई हारको स्वाद चखाई सकेको छ। जनकपुर बोल्टस र सुदूरपश्चिम दुबैको लिग चरणको विजय यात्रा विराटनगर किंग्सविरूद्धको खेलमा जितसँगै शुरू भएको थियो।

नेपाल प्रिमियर लिगको अंक तालिका। श्रोतः इएसपिएनक्रिकेट

कुल आठ टोलीको सहभागिता रहेको प्रतिस्पर्धाको लिग चरणबाट विराटनगर किंग्स, कर्णाली याक्स, काठमाडौं गोरखाज, चितवन राइनोज, लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बाहिरि सकेका छन् ।

ब्याटिङमा जनकपुरका जेम्स निशम अगाडि छन्। सबैभन्दा बढी रन बनाउने तेस्रो नम्बरमा रहेका निशमले आठ खेलमा २४३ रन बनाएका छन्। उनीभन्दा माथि चितवनका रवि बोपाराले २८६ र विराटनगरका रोहित पौडेलले २७९ रन बनाएका छन्।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐर छैटौं नम्बरमा छन्। उनले २१८ रन बनाएका छन्। उनी पछि सातौं नम्बरमा सुदूरपश्चिमकै सैफ जैब छन्, उनले २०६ रन बनाएका छन्। सातौं नम्बरमै रहेका जनकपुरका लाहिरु मिलन्थाले पनि २०६ रन बनाएका छन्।

सबैभन्दा बढी रन बनाउने १० खेलाडीभित्र सुदूरपश्चिमका विनोद भण्डारी पनि छन्। उनले १९४ रन बनाएका छन् भने एघारौं नम्बरमा रहेका जनकपुरका ब्रान्डन म्याकमुलनले १८७ रन बनाएका छन्।

बलिङतर्फ पनि सुदूरपश्चिम र जनकपुरकै खेलाडी शीर्षस्थानमा छन्। सुदूरपश्चिमका स्कट कुगेलिन र जनकपुरका ललित राजवंशीले समान १६ विकेट लिएका छन्। त्यसपछि सातौं नम्बरमा सुदूरपश्चिमका एक र जनकपुरका दुई खेलाडी छन्। सुदूरपश्चिमका सैफ जैब तथा जनकपुरका हर्ष थाकर र किशोर महतोले समान ११ विकेट लिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS