IME Life New

धापासीको तीन तल्ले घरमा भिषण आगलागी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकाको उत्तरी भेगमा अवस्थित धापासीस्थित बस्तीको एउटा घरमा बिहीबार बेलुका भिषण आगलागी भएको छ। स्थानीयबासिन्दाका अनुसार टोखा नगरपालिका वडा-६ धापासीस्थित कुँवर कोलोनी निवासी भाइकाजी श्रेष्ठको तीनतल्ले पक्की घरबाट आगलागी शुरू भएको हो ।

आगलागीपछि विष्फाेटको समेत आवाज सुनिएकाले ग्याँस सिलिण्डर पड्किएर आगाे झन दन्किएको स्थानीयबासीले जानकारी दिएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन ।

Esewa
Crest

आगो निभाउनका लागि उपत्यकाको तीनवटै नगरपालिकाको दमकल परिचालन गरिएपछि बेलुकी ७ः३० बजेपछि आगलागी नियन्त्रणमा आएको छ। आगलागीबाट भएको क्षतिको यकिन हुन बाँकी छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS