IME Life New

कुथेली बुखरी स्मल हाइड्रोको वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले यही पुस २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको नयाँबानेश्वर थापागाउँमा रहेको काठमाडौं ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित गरेको कुल १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।

बोनस शेयर वितरणपछि कम्पनीको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। कम्पनीका थप परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट थप ऋणको रकम लिने प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका केही दफा तथा नियमको संशोधन स्वीकृत गर्ने तथा उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायले फेरबदल, परिमार्जन वा संशोधन गर्न सुझाव वा निर्देशन दिएमा सोही अनुरुप आवश्यक फेरबदल, परिमार्जन वा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ। सभाले संस्थापक समूहबाट ५ जना सञ्चालकको निर्वाचन गर्नेछ भने स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ पुस ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS