IME Life New

एनपीएल विजेतालाई रु. १.१० करोड पुरस्कार, अरुलाई कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार राशि निर्धारण गरेको छ।

क्यानका अनुसार विजेता टोलीले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ, तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ र चौथो हुने टोलीले १५ लाख रुपैयाँ पाउनेछन्।

Esewa
Crest

पहिलोपटक आयोजित फ्रेन्चाइज प्रतियोगिता एनपीएलको पहिलो चरणमा ८ टिमको खेल सकिएको छ। पहिलो चरणबाट ४ वटा टिम प्लेअफमा पुगेका छन् भने ४ वटा टिम बाहिरिएका छन्।

लिग चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले पहिलो क्वालिफायर खेल्ने छन्। त्यसैगरी तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सले इलिमिनेटर खेल्ने छन्।

पहिलो क्वालिफायर र इलिमिनेटर दुवै खेल बुधबार हुनेछन्। इलिमिनेटर खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

त्यसैगरी पहिलो क्वालिफायरमा विजयी हुने टोलीले सीधै फाइनलमा स्थान बनाउनेछ। पराजित टोलीले भने फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ। यसरी पहिलो क्वालिफायरमा पराजित भए पनि फाइनल पुग्ने सम्भावना खुला नै हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS