IME Life New

माउन्टेन इनर्जीले ५०% हकप्रद जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माउन्टेन इनर्जी नेपालले आफ्ना शेयरधनीहरुलाई हकप्रद जारी गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको पुस १ गते बसेको बैठकले आर्थिक वर्ष २०८०।८१ को बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार ७०८ रुपैयाँको ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८५४ रुपैयाँबराबरको १ करोड ३० लाख १३ हजार ५७८.५४ कित्ता हकप्रद शेयर जारी गर्नेछ।

Esewa
Crest

नयाँ आयोजना (दूधखोला जलविद्युत आयोजना ६५ मे.वा.)मा लगानी गर्ने प्रयोजनाका लागि यो हकप्रद शेयर जारी गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

हकप्रद शेयर निष्कासनको प्रस्ताव विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति लिई आगामी वार्षिक साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS