काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कुल १२ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश –बोनश शेयरमा लाग्ने कर सहित) कुल १२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।


















