IME Life New

लाभांश पारित गर्न नेपाल हाइड्रो डेभलोपरले बोलायो पुस २५ गते एजीएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले पुस २५ गते आफ्नो १८ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौँमा बस्ने जनाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Esewa
Crest

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS