IME Life New

तारागाउँ रिजेन्सी होटल्सले डाक्यो पुस २४ गते साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले पुस २४ गते २८ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा आयोजना गर्ने जनाएको हो । सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने, सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने १ सञ्चालकको नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Esewa
Crest

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS