IME Life New

बूढानीलकण्ठ हेरिटेजको हकप्रद शेयर आजबाट बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बूढानीलकण्ठ हेरिटेजले आफ्ना संस्थापक शेयरधनीहरुका लागि आज मंसिर २७ गतेबाट हकप्रद शेयर बिक्री खुला गरेको छ।

कम्पनीले हाल कायम चुक्तापुँजीको २९.५६ प्रतिशत अर्थात १ः०२९५६ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको हो। मंसिर १४ गते सम्पन्न कम्पनीको छैटौँ वार्षिक साधारणसभाले हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।

Esewa
Crest

कम्पनीका संस्थापक शेयरधनीहरुले पुस २ गतेसम्म हकप्रद शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। मंसिर १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै हकप्रद शेयर खरिदका लागि निवेदन पाउनेछन्।

इच्छुक संस्थापक शेयरधनीहरुले १०० रुपैयाँ अंकित दरले एकमुष्ट रकम कम्पनीको बैंक खातामा जम्मा गरी सोको भाउचर ई–मेलमा पठाई हकप्रद शेयर सुरक्षित गर्न सक्नेछन्।

  • बैंक खाताको नामः बूढानीलकण्ठ हेरिटेज लिमिटेड
  • बैंकको नामः नेपाल एसबीआई बैंक लिमिटेड, कमर्सियल शाखा, काठमाडौं
  • बैंक खाता नम्बरः २२५२५२४०२००३११
  • ई–मेलः [email protected]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS