IME Life New

बलेफी हाइड्रोपावरको हकप्रद आजबाट बिक्री खुल्दै, कहिलेसम्म कायम शेयरधनीले भर्न पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । बलेफी हाइड्रोपावरले आज मंसिर २७ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्दैछ।

कम्पनीले हाल कायम चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो। जसअनुसार कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको हकप्रद बिक्री खुलाउनेछ। कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद जारी गर्नेछ।

Esewa
Crest

कम्पनीको हकप्रद शेयरमा आउँदो पुस १७ गतेसम्म खरिद आवेदन दिन सकिनेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसैगरी नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी–आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले गत कात्तिक २१ गते बुकक्लोज गरेको थियो। यसको अर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुले यो हकप्रद शेयरमा खरिद आवेदन दिन पाउनेछन्।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ।

हकप्रद निष्कासनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS