काठमाडौं । शेयर बजार मंगलबार पनि घटेको छ। नेप्से परिसूचक ६.३२ अंकले घटेर १६६९.८२ को विन्दुमा बन्द भएको हो।
आज नेप्से उपमूहमा रहेका ४ वटा समूहमात्रै बढेको छ भने ९ वटा घटेको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.३३ प्रतिशतले बढेको छ भने जीवन बीमा समूह सर्वाधिक १ प्रतिशतले घटेको छ।
बजारमा आज ८५ वटा कम्पनीको शेयरभाउ बढ्दा १४८ वटाको घटेको छ भने १० वटाको स्थिर रहेको छ। यो दिन ४ अर्ब ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड ९६ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः १८ करोड ७६ लाख रुपैयाँ
- जानकी फाइनान्सः १७ करोड १७ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः ११ करोड २७ लाख रुपैयाँ
- नेपाल एसबीआई बैंकः १० करोड ७८ लाख रुपैयाँ
- खानीखोला हाइड्रोपावरः ९ करोड ७ लाख रुपैयाँ
- जोशी हाइड्रोपावरः ७ करोड २४ लाख रुपैयाँ
- एलआईसी नेपालः ७ करोड १० लाख रुपैयाँ
- रिभर फल्स पावरः ६ करोड ११ लाख रुपैयाँ
- सन नेपाल लाइफः ५ करोड ८८ लाख रुपैयाँ