IME Life New

साढे ५% संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्दै समता घरेलु लघुवित्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले चुक्तापुँजीको साढे ५ प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

संस्थाले आज एक सूचना जारी गर्दै साविक समता लघुवित्त, घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्त गाभिएपछि कायम संस्थापक र सर्वसाधारणको शेयर संरचना परिमार्जन गर्न यो प्रक्रिया अगाडि बढाइएको जानकारी गराएको हो।

Esewa
Crest

हाल संस्थामा संस्थापक समूहको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत शेयर स्वामित्व रहेको छ। उक्त ५.६१ प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गरेपछि संस्थामा संस्थापक समूहको ६३.८७ प्रतिशत र सर्वसाधारणको ३६.१३ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ।

संस्थाले संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहने साविक समता लघुवित्तका संस्थापक शेयरधनीलाई ३५ दिनभित्र काभ्रेको बनेपास्थित केन्द्रीय कार्यालयमा निवेदन दिन आग्रह गरेको छ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर परिवर्तन नगर्ने भनी निवेदन नदिएको खण्डमा स्वतः सर्वसाधारण शेयरमा परिमार्जन गर्न मन्जुर भएको मानिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS