IME Life New

सोपान फर्मास्युटिकल्सको करिब ३ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोपान फर्मास्युटिकल्सको करिब ३ लाख कित्ता शेयर आज मंसिर २४ गतेबाट बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको २ लाख ९६ हजार १२२ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। कम्पनीले गत असोज १५ गतेदेखि कात्तिक ३० गतेसम्म आफ्ना संस्थापक शेयरधनीहरुलाई चुक्तापुँजी ९९ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २९ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गरेको थियो। सो अवधिमा २६ लाख ७३ हजार ८७८ कित्ताका लागिमात्रै खरिद आवेदन परेको थियो।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरमा इच्छुक विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति पुस ३ गतेसम्म रहेको छ।

बोलपत्र काठमाडौंको तीनकुनेस्थित कम्पनीको कर्पोरेट कार्यालयमा पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS