IME Life New

दुई कम्पनीले एफपीओ ल्याउँदै, कसको कति कित्ता ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा सूचीकृत दुई कम्पनीले एफपीओ ल्याउने भएका छन्। यसका लागि ती दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निष्कासन अनुमति माग्दै निवेदन दिएका छन्।

बुटवल पावर कम्पनी र नेसनल लघुवित्त वित्तीय संस्थाले एफपीओ ल्याउने प्रक्रिया अगाडि बढाएका हुन्। धितोपत्र बोर्डले अनुमति दिएमा यी दुवै कम्पनीले सर्वसाधारणका लागि एफपीओ बिक्री खुला गर्नेछन्।

Crest

बुटवल पावरले १ करोड कित्ता एफपीओ जारी गर्न अनुमति मागेको छ। यो कम्पनीले प्रतिकित्ता २०६.३ रुपैयाँमा एफपीओ ल्याउन लागेको हो। एफपीओ बिक्रीबाट कम्पनीले २ अर्ब ६ करोड २९ लाख रुपैयाँ संकलन गर्नेछ।

बुटवल पावरको एफपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

यसैगरी नेसनल लघुवित्तले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ ल्याउन अनुमति मागेको छ। यो लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँमै एफपीओ ल्याउन लागेको हो।

एफपीओ बिक्री गरेर संस्थाले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ संकलन गर्नेछ। यो लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS