IME Life New

कसैले जित्ने वा हार्ने अवस्था होइन, हामी सबैले जितेका छौँः सागर ढकाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष सागर ढकालले आज सबैको जित भएको बताएका छन्।

काठमाडौंमा स्टक ब्रोकर्सको नयाँ कार्यसमिति चयन भएको निर्वाचनमा अध्यक्ष पदमा विजय भएपछि आयोजित कार्यक्रममा ढकालले यस्तो धारणा राखेका हुन्। ‘हामीले कसैले जित्ने वा कसैले हार्ने अवस्था होइन, हामी सबैले जितेका छौँ’, उनले भने, ‘व्यक्ति को कहाँ हुन्छ भन्ने कुराले अर्थ राख्दै हाम्रो इन्डस्ट्रीका समस्या हामी कसरी समाधान गर्ने भन्ने कुरा महत्वपूर्ण हो।’

Esewa
Crest

स्टक ब्रोकरहरुले विगतमा उठाएका मुद्दाहरु अब संघका साझा मुद्दा बन्ने पनि ढकालले बताए। ‘अहिले म संघको नेतृत्वमा आएको छु, अब ती समस्या सम्बन्धित ठाउँमा पुर्याउनतिर प्रतिबद्धता गर्छु’, उनले भने।

ढकालले संघलाई यो अवस्थासम्म ल्याउन भूमिका खेल्ने सबै पूर्वजहरुलाई यो क्षणमा सम्झिना चाहेको पनि बताए। ‘तपाइँहरुले जुन उचाइमा यो संघलाई ल्याउनुभयो, त्यसमा कुनै आँच आउने काम मैले गर्ने छैन’, उनले भने, ‘बरु एउटा इँटा भए पनि थप गर्नेछु।’

एसोसिएसनका निवर्तमान अध्यक्ष धर्मराज सापकोटाले भव्य र सभ्य ढंगले निर्वाचन गर्न सफलमा सम्पूर्ण मतदाता र निर्वाचन समितिलाई धन्यवाद दिए। ‘हाम्रो इन्डस्ट्रीका लागि मतबुत टिम बनेको छ। मताधिकार प्रयोग गरेर मजुबत टिम बनाउन सफल भएकोमा सबैलाई बधाइ दिन चाहन्छु’, उनले भने, ‘प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवारले सम्मानजनक मत पाउनुभएको छ। त्यसैले हामी यहाँ सबैजना जितेका छौँ।’
हाल पुँजी बजारमा रहेका समस्यालगायत विषयलाई समेटेर नयाँ टिम अगाडि बढ्ने आफूहरु विश्वस्त रहेको सापकोटाले बताए। ‘अब हामी एकजुट भएर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘हाम्रो साझा एजेन्डालाई अगाडि बढाउनुपर्छ।’

नयाँ कार्यसमितिलाई सबै ब्रोकर सदस्यले साथ र सहयोग रहने पनि सापकोटाले विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS