IME Life New

स्टक ब्रोकर्सको अध्यक्षमा सागर ढकाल विजयी, नयाँ कार्यसमितिमा अरु को-को आए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएन अफ नेपालको अध्यक्षमा सागर ढकाल विजय भएका छन्।

स्टक ब्रोकर्सको ३० औँ वार्षिकोत्सव साधारणसभापछि आज नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भएको हो। निर्वाचनमा अध्यक्षका प्रत्याशी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै ढकाल विजयी भएका हुन्। ढकालले ४५ मत पाउँदा तिमिल्सिनाले ४३ मत पाएका छन्।

Esewa
Crest

मतदान दिउँसो काठमाडौंको एभरेष्ट होटलमा भएको थियो। मतदान गणनापछि ढकाल अध्यक्षमा चयन भएका हुन्।

दुईवटा स्टक ब्रोकर्स र धितोपत्र ब्रोकर्सबीचको मर्जरपछि बन्न लागेको नयाँ कार्यसमिति चयन गरिएको हो। यसअघि ढकाल धितोपत्र ब्रोकर्स अध्यक्ष थिए।

ढकाल हिमालयन ब्रोकरेज (स्टक ब्रोकर नम्बर ६३) का अध्यक्ष हुन्।

यसैगरी उपाध्यक्षमा नितेशकुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा विनय रेग्मी चयन भएका छन्।

यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS