IME Life New

नेप्से परिसूचकलाई सर्वाधिक प्रभाव पार्ने स्टक परिवर्तन (शीर्ष ठूला १० कम्पनीको सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालै नेपाल सरकारको आफ्नो स्वामित्व रहेको विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६०० कित्ता सस्थापक शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण भएको थियो। यो सूचीकरणसँगै विशाल बजार कम्पनी नेपालको शेयर बजारमा सर्वाधिक पुँजीकरण भएको कम्पनी बनेको छ।

विगत लामो समयदेखि नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सर्वाधिक पुँजीकरण भएको कम्पनी रहँदै आएको थियो। सरकारको स्वामित्वमा रहेको संस्थापक शेयरको सूचीकरणपश्चात् भने विशाल बजार सर्वाधिक पुँजीकरण भएको कम्पनी बनेको हो। सर्वाधिक पुँजीकरण भएका कारणले गर्दा यो कम्पनीको मूल्यमा भएको उतारचढावले नेप्से परिसूचकलाई धेरै नै असर गर्छ।

Esewa
Crest

नेपालको शेयर बजारको सूचक नेप्से परिसूचक कम्पनीहरुको बजार पुँजीकरणका आधारमा गणना हुने गर्छ। पुँजीकरण धेरै भएका कम्पनीको नेप्से परिसूचक गणनामा धेरै असर पर्ने गर्दछ। धेरै पुँजीकरण भएका कम्पनीको मूल्य उतारचढावले परिसूचकलाई थोरै पुँजीकरण भएका कम्पनीको भन्दा असर धेरै गर्ने गर्छ।

मंसिर २० गतेसम्मको तथ्यांकलाई आधार मान्दा विशाल बजार कम्पनीको सर्वाधिक बजार पुँजीकरण रहेको छ। कम्पनीको २ खर्ब ६५ अर्ब बजार पुँजीकरण रहेको छ।

त्यस्तै दोस्रोमा नेपाल टेलिकमको सर्वाधिक बजार पुँजीकरण रहेको छ। कम्पनीको १ खर्ब ७२ अर्ब बजार पुँजीकरण रहेको छ।

त्यस्तै तेस्रोमा नबिल बैंकको सर्वाधिक बजार पुँजीकरण रहेको छ। कम्पनीको १ खर्ब ४२ अर्ब बजार पुँजीकरण रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS