IME Life New

शेयर बजारको पावरः एकै हप्तामा ४५%ले कुन शेयर बढ्यो ?(सर्वाधिक बढ्ने कम्पनीको सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। यो साता शेयर बजारमा ५ दिन कारोबार भएको छ। यो ५ दिनमा २ दिन बजार बढेको छ भने ३ दिन बजार घटेको छ।

बजार यो साता १३.१२ अंकले घटेको छ। गत साता अन्तिम कारोबार दिन २७४८.०५ को विन्दुमा बन्द भएको बजार यो साता अन्तिम कारोबार दिनमा २७३४.९३ को विन्दुमा बन्द भएको छ।

Esewa
Crest

यो साता खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ४५.३६ प्रतिशतले वृद्धि भएको छ। गत साता २९५ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ४२८.८० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजार मूल्य प्रतिकित्ता १३३.८० रुपैयाँले बढेको छ।

त्यस्तै दोस्रोमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ३७.८८ प्रतिशतले वृद्धि भएको छ। गत साता ३४४.५० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ४७५ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजार मूल्य प्रतिकित्ता १३०.५० रुपैयाँले बढेको छ।

तेस्रोमा दिव्यश्वरी हाइड्रोपावरको शेयर मूल्य २६.२२ प्रतिशतले वृद्धि भएको छ। गत साता २६७ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ३३७ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजार मूल्य प्रतिकित्ता ७० रुपैयाँले बढेको छ।

यसैगरी चौथोमा विशाल बजार कम्पनीको शेयरमूल्य २१.७६ प्रतिशतले वृद्धि भएको छ। गत साता ५ हजार ४४५ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ६ हजार ६३० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजार मूल्य प्रतिकित्ता १ हजार १८५ रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

60%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS