काठमाडौं । आज पनि सुन चाँदीको भाउमा सामान्य बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

















