IME Life
GBIME

शेयरमूल्य हजार माथि रहेको नेपाल वेयरहाउजिङ घाटामा, प्रतिशेयर नेटवर्थ रु. ८५ ले ऋणात्मक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीले अझै घाटामा रहेको देखिएको छ। कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरणबाट यस्तो देखिएको हो।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २ करोड २४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड ९९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

Crest

कम्पनीको आम्दानी बढेर ९३ लाख १६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष आम्दानी ९ लाख २ हजार रुपैयाँमा सीमित थियो।

कम्पनीको सञ्चालन खर्च बढेर ३४ लाख १५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन खर्च २ लाख ५७ हजार रुपैयाँ थियो।

चुक्तापुँजी ६८ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी १६ करोड ३० लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि अन्य इक्विटी ९ करोड ५ लाख रुपैयाँ ऋणात्मक थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ४.१२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ८५.२५ रुपैयाँले ऋणात्मक रहेको छ। मंगलबार अन्तिम कारोबार मूल्यअनुसार कम्पनीको प्रतिकित्ता शेयरभाउ १ हजार ४० रुपैयाँ रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS