काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १७.८० अंकले बढेर २७७५.८५ को विन्दुमा उक्लिएको छ।
नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। आज व्यापार समूह सर्वाधिक ५.९६ प्रतिशतले उकालो लागेको छ भने होटल तथा पर्यटन समूह सर्वाधिक १.७१ प्रतिशतले ओरालो लागेको छ।
बजार बढ्दा १४२ कम्पनीको शेयरभाउ बढेको छ भने ९७ वटाको घटेको छ। आज ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन शेयर कारोबार भने साढे ८ अर्ब रुपैयाँको भएको छ। आज सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- ङादी ग्रुप पावरः २६ करोड ७४ लाख रुपैयाँ
- जानकी फाइनान्सः २६ करोड ५१ लाख रुपैयाँ
- बेस्ट फाइनान्सः २४ करोड ६ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २३ करोड ८७ लाख रुपैयाँ
- एनआईसी एसिया बैंकः १७ करोड २५ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः १७ करोड १८ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः १६ करोड ८६ लाख रुपैयाँ
- शिवश्री हाइड्रोपावरः १६ करोड ८० लाख रुपैयाँ
- युनाइटेड इदी मर्दीः १५ करोड ८७ लाख रुपैयाँ
- एलआईसी नेपालः १५ करोड ८ लाख रुपैयाँ