काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १९ दशलमव ९७ अंकले बढेर २,७५८ को विन्दुमा कायम भएको छ । आज १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सी, विशाल बजार कम्पनी, खानीखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।