IME Life New

लक्ष्मी सनराइज क्यापिटलको वार्षिक साधारणसभाबाट रु. ७.७२ करोड नगद लाभांश पारित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित लक्ष्मी सनराइज क्यापिटलले आज सम्पन्न वार्षिक साधारणसभाबाट शेयरधनीहरुलाई नगद लाभांश अनुमोदन गरेको छ।

काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न सभाले मर्जरपछि आर्थिक वर्ष २०८०।८१ को एकीकृत वासलात बमोजिम प्रतिशेयर आम्दानी १९.६० प्रतिशत रहेकोमा वितरण योग्य आम्दानी १७.८९ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीहरुलाई १५.७९ प्रतिशत अर्थात् रु.७ करोड ७१ लाख ९४ हजार ७३६.८० (१५% करबाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। आव २०८०।८१ मा लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल एक आपसमा गाभिई मिति २०८० पुस २३ गतेबाट संयुक्त कारोबारको थालनी गरिएको र दुई कम्पनीको मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी रु.४८ करोड ८९ लाख कायम भएको छ।

Crest

वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८०।८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरियो र आ.व. २०८१।८२ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने सम्बन्धमा निर्णय गरियो।

तीन दशकभन्दा अधिक समयदेखि मर्चेण्ट बैंकिङ्ग सेवामा सकृयताका साथ संलग्न रहेको यस कम्पनीले हालसम्म सबैभन्दा बढी संस्थाहरुको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य सम्पन्न गरेको छ। हाल २० वटा कम्पनीहरुको शेयर निष्काशनको क्रममा रहेको छ। कम्पनीले करिब २५० जना ग्राहकहरुको ७० करोड भन्दा बढी रकमको पोर्टफोलियो व्यवस्थापन गर्दै आईरहेकोे छ र कम्पनीले करिव ३.५० लाख निक्षेप सदस्यहरुको डिम्याट खाता खोल्न सफल भएको छ।

कम्पनीले करिब ७ अर्ब बराबरको ६ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुलामुखी म्युचुअल फन्ड संचालन गर्दै आइरहेकोमा मिति २०८१ जेठ २८ मा १ अर्ब २५ करोड रकम बराबरको ७ वर्ष अवधिको लक्ष्मी इक्विटी फन्ड परिपक्व भई ७ वर्षको अवधिमा इकाइधनीहरुलाई जम्मा ६३.६५ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको र परिपक्व भएपश्चात सोका इकाइधनीहरुलाई रु ११.१४ प्रति इकाइका दरले रकम फिर्ता भुक्तानी गरिएको जनाएको। बाँकी ५ वटा योजनाले आ.व. २०८०।८१ को मुनाफाबाट ४.५० देखि १२.५० प्रतिशत प्रतिफल वितरण गरेको छ।

विशिष्टीकृत लगानी कोष सेवाअन्तर्गत १ अर्बबराबरको लक्ष्मी सस्टनेवल इनर्जी फन्ड स्वीकृति प्राप्त गरी उक्त फन्डले लगानीकर्ताहरुबाट करिब रु.४० करोड संकलन गरिसकेको र बाँकी रकम चालु आवमा संकलन गर्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS