IME Life New

एनपीएलमा लुम्बिनी लायन्स फ्रेन्चाइजसँग नेपाल डीपीले गर्यो प्रायोजन सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल डीपी एउटा निक्षेप सदस्य कम्पनी (१० स्टक ब्रोकिङ कम्पनीले प्रवर्द्धन गरेको पब्लिक कम्पनी)ले नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स फ्रेन्चाइजसँग साझेदारी गरेको छ। नेपाल डीपी फ्रेन्चाइजको आधिकारिक क्यापिटल मार्केट पार्टनर हुनेछ। सम्झौतामा हस्ताक्षर नेपाल डीपीका प्रमख कार्यकारी अधिकृत श्री अञ्जन राज पौड्याल र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाको उपस्थितिमा भएको थियो।

प्रायोजनको उद्देश्य नेपाली क्रिकेटलाई प्रर्द्र्धन गर्नुका साथै विशेष गरी युवापुस्ता एवं नेपाली जनमानसमा क्यापिटल मार्केटका बारेमा जनचेतना सिर्जना गर्नु हो। नेपाल डीपीले यसको प्रवर्द्धक स्टक ब्रोकिङ कम्पनीहरुको सहयोगमा एक वित्तीय साक्षरता छलफल कार्यक्रम आयोजना गर्नेछ। कम्पनीले नेपाल प्रिमियर लिको अवधिमा आफ्ना सेवाहरुमा विशेष योजनाहरु पनि घोषणा गर्नेछ।

Esewa
Crest

लुम्बिनी लायन्स फ्रेन्चाइजको नेतृत्व नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गर्दैछन। फ्रेन्चाइजको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खेलाडी आईपीएल सन् २०१६ विजेताका बेन कटिङ, पूर्व अन्डर–१९ वर्ल्डकप विजेता क्यानडाका कप्तान उन्मुक्त चन्द, साद बिन जाफर, इंग्ल्यान्डका टम मुअर्स र वेस्ट इन्डिजका रेयमन्ड सिमन्स छन्। सन्दीप जोरा, विवेक यादव र सूर्या तामाङ राष्ट्रिय स्टारहरु हुन्।

नेपाल प्रिमियर लिगमा आठ फ्रेन्चाइजमा सहभागी हुनेछन् र लुम्बिनी लायन्सले २०८१ मंसिर १९ मा विराटनगर किङ्ससँग पहिलो खेल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS