काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशलमव ९९ प्रतिशतले घटेर २,७३८ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ ।
आज ३१४ कम्पनीको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८३ करोडको शेयर कारोबार भएको छ । आज एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २८ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको २८ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।