IME Life
GBIME

सुपरमाई हाइड्रोपावरको साधारणसभा मंसिर २८ गते

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले मंसिर २८ गते १०औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर २८ गते गर्ने निर्णय गरेको हो ।

सभाले ७ प्रतिशत बोनस शेयर र करसहित ५ दशमलव ६३१ प्रतिशत नगद गरी कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Crest

त्यस्तै सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षणको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा मंसिर १६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS