काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव ३० अंकले घटेर २,७४८ को विन्दुमा कायम भएको छ । आज ५० कम्पनीको मूल्य बढेको छ भने १९४ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै विशाल बजार र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । पाँचथर पावरका लगानीकर्ताले ८ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् ।