काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सेन्ट्रल काडए डिपार्टमेन्टका लागि १ जना, डिजिटल ट्रान्सफरमेसन अफिसरका लागि १ जना, समेी क्वालिफाइड सीएको लागि १ जना, ब्रान्च म्यानेजरका लागि केही,
अपरेसन इन्चार्जका लागि केही, इन्भाइरोमेन्टल एन्ड सोसियल रिस्क म्यानेजमेन्टका लागि १ जना, एकाउन्ट्न्टका लागि २ जना लगायत अफिसर लेभलका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २६ गतेभित्र आवेदन दिनुपर्नेछ । उक्त पदहरुमा आवेदन दिनको लागि सूचनामा उल्लेख गरिएको क्यूआर स्क्यान गरी आफु योग्य रहेको पदमा आवेदन दिन सकिने छ ।